राष्ट्रपति रामचन्द्र पौडेलबाटसमेत आममाफी पाएका रेशम चौधरी आखिर किन जेल परे ?

काठमाडौं, १७ वैशाख । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
०८० जेठ १४ को मन्त्रिपरिषद्को निर्णयबाट भएको सिफारिसका आधारमा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले उनलाई आममाफी दिएका थिए । गत वर्ष राष्ट्रपतिबाट ५०१ जना कैदीहरूलाई आममाफी दिइएको थियो । तर आज पुनः उनको यात्रा जेलतर्फ मोडिएको छ ।
जनमत पार्टीसँग नागरिक उन्मुक्तिको एकता घोषणा हुने दिन रेशमलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेपछि रेशमको यात्रा पुनः जेल तय भएको हो ।
विसं. २०७२ साल भदौ ७ मा भएको टीकापुर घटनामा एक नावालक र सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएका रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत धनगढीले दोषी ठहर गरी जेलमा थिए ।
जेलमा रहेकै बेला उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेशमार्फत उमेदवारी दर्ता गरी ०७४को संसदीय निर्वाचन कैलाली–१ बाट जितेको थिए ।
उनलाई जेलबाट लगि शपथ गराएर पुनः जेलमै राखिएको थियो
आम माफी दिने निर्णयविरुद्ध ०८० जेठ १६ गते नै टीकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले रिट दायर गरेकी थिइन् । उनले रिटमा आममाफीको निर्णय बदर गरी चौधरीलाई थुनामै राख्न माग गरेकी थिइन् ।
सरकारले जन्मकैद भएको मुद्दामा ५० प्रतिशत कैद भूक्तान गरेपछि मात्र माफी दिन सकिने कानुनी प्रावधानलाई उल्लंघन गर्दे आममाफी सिफारिस गरेको थियो ।
त्यसमा रिट समेत परेपछि सर्वोच्चकै आदेशअनुसार रेशम पुनः पक्राउ परेका हुन् । उनको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणापनि स्थगित भएको छ ।
रेशम चौधरी पक्राउ परेसँगै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता भाँडियो
क्याटेगोरी : राजनीति, रोचक
प्रतिक्रिया