Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न प्रधानमन्त्री ओलीको सुझाव


काठमाडौँ, १७ वैशख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानैन्द्र शाहका नातिलाई यस्तो सुझाव दिएका हुन् । उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् ।

पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए ।

उनले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले भने,‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा रु त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आएभने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट