ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् ।
यही वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेको भन्दै बर्खास्त गरेका थिए ।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया