Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले लिए शपथ 


काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार (वैशाख २१) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले शपथ लिएका हुन् ।

त्यसक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्च अधिकारी उपस्थित रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट