Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

थारु–मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको छ : महन्थ ठाकुर


काठमाडौँ, २२ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाउँ नरहेको बताए । ठाकुरले आफूहरूमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव संसद्मार्फत नागरिकलाई सुनाउने जिकिर गरे ।

उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे । ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट