Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

रेशम चौधरी पक्राउ प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसद्‍मा जवाफ दिने


काठमाडौँ, २३ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसद्‍मा जवाफ दिने भएका छन् ।

मंगलबार जारी प्रतिनिधिसभा बैठकमा जवाफ मागेर नागरिक उन्मुक्ति पार्टीका सांसदले रुलिङ माग गरेका थिए । सभामुख देवराज घिमिरेले निकैबेर आनाकानी गरेपनि पछि गृहमन्त्रीले जवाफ दिने जानकारी गराएका हुन्।

गृहमन्त्री रमेश लेखकले २५ गतेको बैठकमा जवाफ दिने मौखिक खबर पठाएको सभामुखले सुनाएका हुन् ।

रेशम चौधरी यहीँ वैशाख १७ गते पक्राउ परेका थिए। नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भई घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला उनी पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट