विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैन : माओवादी सांसद अर्याल

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी छिन् ।
मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाइन् । राष्ट्रिय गौरवका आयोजना, गाँजाको यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेटन सरकारसँग माग गरिन् ।
सांसद अर्यालले आत्मनिर्भरको अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने योजना नीति कार्यक्रममा समेटन आग्रह गरिन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया