Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन


काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

नेपालको मंगलबार दिउँसो सवा चार बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

साहित्यकारसमेत रहेका उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

उनी ७१ वर्षका थिए ।

उनी २०५१ सालमा नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट