प्रदीप नेपालको निधनप्रति प्रचण्ड दुःखी

काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले यस्तो दुःख व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्– ‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन
क्याटेगोरी : राजनीति
प्रतिक्रिया