धितोपत्र बोर्डले जलविद्युत आयोजनाको आईपीओ स्कीकृत गर्न कमिसन मागेको माओवादी सांसद सापकोटाको आरोप

काठमाडौं, २४वैशाख । काठमाडौं नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाएका छन्।
बुधवारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन्। उनले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको उनको आरोप छ।
उनले बोर्डले कमिसन मागिरहेकै कारण १००९.५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गरे।
उनले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबीच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गरे। बोर्डले कमिसन मागिरहेको विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गरे।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया