Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

नेपालीको सुरक्षामा पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न सरकारलाई सभामुख घिमिरेको निर्देशन


काठमाडौं, २६ वैशाख । सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षामा पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।

“भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

बैठकमा सांसदहरूले पर्न सक्ने सम्भावित तयारी गर्न र जानकारी गराउन पनि आग्रह गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट