प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेट, भारत–पाकिस्तानबिचको पछिल्लो तनावबारे जानकारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको शुक्रबार भेट भएको छ।
बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनको सचिवालयले जानकारी दिएको छ।
राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जबाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे।
उनले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरे।
उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने बताएका थिए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया