Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

गोकुल बाँस्कोटाको प्रचण्डमाथि कटाक्ष : दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा ढुलमुलिने


काठमाडौं, २६ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महँगो रिसोर्टको शौचालयमा लडेको बारे एमाले सांसद गोकुल बाँस्कोटाले संसद बैठकमै कटाक्ष गरेका छन् । शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बाँस्कोटाले ‘दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा ढुलमुलिने’ भन्दै प्रचण्डमाथि कटाक्ष गरेका हुन् ।

‘हामीकहाँ यस्तो अभ्यास छ कि दिउँसो जनवादी बिहे,’ बाँस्कोटाले भने,‘बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा गएर पार्टी खाएर ढुलमुलिनुपर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरू फरक हुन्छन् ।’

केही दिनअघि प्रचण्ड ललितपुरको लाँकुरी भन्ज्याङमा रहेको एक महँगो रिसोर्टमा बिहेभोज खान गएको र सोही राति शौचालयमा लडेको विषय बाहिर आएको थियो । अझ रोचक त के भने माओवादी केन्द्रीय कार्यालयमा जनवादी बिहे गरेको जोडीले नै महँगो रिसोर्टमा भोजको बन्दोबस्त गरेको थियो ।

प्रचण्डको सचिवालयले भने शौचालयमा लडेको जानकारी दिए पनि घटनास्थल रिसोर्ट रहेको विषय सकारेको छैन ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट