Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

माओवादी केन्द्रले जेठ १ देखि गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियानको कार्यतालिका यस्तो छ


काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अन्तर्गत दोस्रो अभियानको कार्यतालिका सार्वजनिक भएको छ । यसअघि बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेपछि तीन सदस्यीय कार्यदलले अभियानलाई मूर्तरूप दिएको हो ।

कार्यदलमा महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिव गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । माओवादी केन्द्रका उपमहासचिव सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले बैतडीको पाटनबाट जेठ १ गते अभियान उद्घाटन हुने जानकारी दिए । उनले भने, “अध्यक्ष प्रचण्डसहित शीर्ष नेता वैशाख ३१ गते साँझ बैतडी पुगिसक्नुहुने छ । जेठ १ गते बिहानै बैतडीको पाटनमा अभियान उद्घाटन हुने छ । पहिलो चरणमा जेठ १ देखि १० गतेसम्म बैतडीदेखि कास्कीसम्म कार्यतालिका बनाएको छ ।”

पार्टीको अभियानमा स्थानीय सरकारसँगै विभिन्न जातजातिले आआफ्नो संस्कृति अनुसार स्वागत गर्ने गरेको उनले दाबी गरे । उनले भने, “हुलाकी राजमार्गकेन्द्रित अभियान मूलतः सफल भयो । लगत्तै मध्यपहाडी राजमार्ग अभियान सुरु हुँदै छ । यसमा जनताको उल्लेख्य सहभागिता छ ।” उजले पार्टी अभियानमा गएपछि नेतृत्वलाई नागरिकका तर्फबाट स्थानीय समस्यालाई सम्बोधन गर्न मागपत्र र ज्ञापनपत्र थुप्रै बुझाएको बताए ।

जनतासँग जोडिन माओवादीका निरन्तर ‘अभियान’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट