तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यकासाथ माओवादी जनताका माझ गइरहेको छ : प्रचण्ड

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन् ।
शनिबार पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित सभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ आफ्नो दलको मात्र नभई जनताको अभियान बनेको उल्लेख गरे । अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उनले बताए ।
देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका उनले बताए ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार, आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको उनले स्मरण गरे । रासस
क्याटेगोरी : राजनीति
प्रतिक्रिया