जनतालाई सूचना नदिई विद्युत् प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक : सांसद शर्मा

काठमाडौँ, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत् प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन् ।
मङ्गलबार बसेको प्रतिनिधिस बैठकमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताइन् । उनले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गरिन् ।
सांसद शर्माले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गरिन् । जनतालाई सूचना नदिइ गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गरिन् ।
‘‘यस्तो प्रचण्ड गर्मीमा विद्युत् प्राधिकरणले पटक पटक विना सूचना लाइन काटेको छ । यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ । मध्यरातमा जनता सडकमा आउन बाध्य छन् । प्राधिकरणले जवाफ दिन सक्दैन । यही साधन स्रोतले योभन्दा अगाडि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन लाइन काट्छ रु जनतालाई सूचना दिँदैन ।,’’ सांसद शर्माले भनिन्, ‘‘के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो ? त्यसैले सम्माननीय सभामुख मार्फत सोध्न चाहन्छु जनताको जीवनमाथि खेलबाड किन ? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु ।’’
सांसद शर्माले विद्युत् लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गरिन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया