प्रदेशमा चार मन्त्रीमात्रै राखौँ, प्रधानमन्त्रीका सल्लाहकार पनि धेरै भए : रामहरि खतिवडा

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रदेशमा चार मन्त्रीमात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, “प्रदेशमा एउटा मुख्यमन्त्री चारजना मन्त्रीभन्दा बढी नराख्ने व्यवस्थाको सुरुवात गरौँ ।”
उनले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सल्लाहकार नियुक्ति गर्ने बहानामा राज्यको सम्पत्ति दोहन भइरहेको बताए । त्यसलाई कम गर्दै लैजानुपर्ने खतिवडाको भनाइ छ । उनले प्रधानमन्त्रीको सल्लाहकार पनि धेरै भएको टिप्पणी गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया