प्रचण्डले काखी च्यापेका खगराज भट्ट माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा पुनः चयन

काठमाडौं, २ जेठ । खगराज भट्ट पुनः माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेता बनेका छन् । २०८० माघ १२ मा बहुमत प्रदेश सांसदले निर्णय गरी भट्टलाई संसदीय दलको नेताबाट हटाएका थिए ।
भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरिएको थियो । त्यसयता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए । तर, प्रचण्डको पटकपटकको निर्देशन पनि लामो समयसमयम कार्यान्वयन भएको थिएन ।
तर, बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा भट्टलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङलगायतका नेताहरू सहभागी थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #khagraj bhatta, #maobadi kendra, #sudurpaschim
प्रतिक्रिया