Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

गभर्नर नियुक्तिमा सरकारले अनेक चलखेल र प्रपञ्चहरू गरिरहेको छ : प्रचण्ड


बैतडी, २ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्।

आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।

उनले भने, ‘यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हितविपरीत गएको छ । यो देशका मजदुर–किसानको हितविपरीत गएको छ।’ सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्यपहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जानेछौँ । हाम्रो कुराको बिल्कुल सुनुवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशातिर हिँडेको छ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट