Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

रिमालको हितेन्द्रलाई सुझावः बलेको बत्तीमुनि बसेर बिजुली गयो भन्ने पोस्ट लेख्दैछन् !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइन लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गर्दै उनले यस्ता प्रवृत्तिप्रति सजग रहन आग्रह गरेका हुन् ।

उनले पोष्टमा लेखेका छन् :
‘हितेन्द्र शाक्य जी,
तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पु¥याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ । बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिनेलाई देवता खडा गर्ने समाज हो यो,’ उनले भनेका छन् ।

देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा भएको उनले बताएका छन् ।
तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेको पनि रिमालको आरोप छ ।

रिजालले ‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय’ भएको बताएका छन् ।

उनले ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा’ रहेको भन्दै यस्तो बेलामा तपाईले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो फिडमा देखिँदैन भन्दै हितेन्द्र देवलाई सजग रहेर काम गर्न भनेका छन् ।
उनले ‘कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन,’ भन्दै शाक्यलाई कर्ममा अडिग रहन सुझाव दिएका छन् ।

उनले ‘तर कन्टेन्ट को दुनियाँले तपाईंलाई कन्टेन्ट बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्’ भन्दै हितेन्द्रलाई रिजालले सुझाएका छन् ।

पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जान थालेको बारे भने रिजाल मौन छन् । उज्यालोमा बस्न बानी परिसकेका उपभोक्ताले अघोषित लोडसेडिङको आशंका गरेको कुरालाई रिजालले तोडमोड गरी ‘सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायी’ भन्दै अत्यन्तै तुच्छता प्रदर्शन गरेका छन् ।

प्राधिकरणले बत्ती जानुमा हावाहुरीलगायत विभिन्न प्राविधिक कारण देखाउँदै लोडसेडिङ नहुने बताइसकेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट