Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणमा केपी ओली र शक्ति बस्नेत पनि तानिन सक्ने


काठमाडौं । नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरण पुनः सतहमा आएको छ । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा अनियमित ढंगले भाडामा दिइएको आरोपमा गत शनिबार पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अन्य अनियमिततामाथि पनि गहिरो अनुसन्धानमा जुटेको हो ।

उक्त जग्गाको भाडा प्रकरणको निर्णय प्रक्रियासँग सम्बन्धित अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको छ । यसमा तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री शक्ति बस्नेतसहित तानिने प्रशस्तै आधार भेटिएका छन् ।

थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने÷लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिने/लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरेको पाइएको छ ।

२०७४ साल जेठ १४ गते गरिएको सो षड्यन्त्रबाट नेपाल ट्रष्टको कार्यालयलाई ५ अर्ब दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको छ । यससँगै थप अनुसन्धानबाट ‘लहरो तान्दा पहरो गर्जिने’ संकेत मिलेको छ । यस्तै, अबको मुख्य अनुसन्धानको नजर गोकर्ण फरेष्ट रिसोर्टतर्फ तोझिएको पाइएको छ ।

गोकर्ण रिसोर्ट क्षेत्रको जंगल प्रयोग गर्ने अवधि ६ वर्ष बाँकी नै रहँदा २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रा.लि.लाई समय थप्ने तत्कालिन सरकारको निर्णय उदाङ्एिको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको सञ्चालक समितिले गरेको सिफारिसका आधारमा त्यतिबेलाको मन्त्रिपरिषद्ले समय थप गर्ने निर्णय गरेको हो ।

एलएम सुभिर ब्रदर्स नेपाल प्रा.लि.ले ०५२ मा सञ्चालन अनुमति पाए पनि जालझेलपूर्ण तरिकाले यति होल्डिङ्सले रिसोर्ट सञ्चालन गर्दै आएको छ । पुरानो सम्झौताअनुसार सञ्चालन अवधि सकिन ५ वर्ष ८ महिना बाँकी नै थियो । उक्त रिसोर्ट २७ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अझ बद्नियत त कहाँ देखिन्छ भने सुरुमा ट्रष्टको अध्यक्ष गृहमन्त्री हुने परिपाटी रहे पनि केपी ओली प्रधानमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री हुँदा त्यतिबेलाका गृहमन्त्री रामबहादुर थापालाई जालझेलपूर्ण ढंगले पाखा लगाएर यतिलाई गोकर्ण सुम्पिइयो । यतिका मालिक आङछिरिङ शेर्पा जो आफैंमा विवादास्पद व्यापारीका रुपमा बदनाम छन् ।

उनीसँग ओली र पोखरेलको विशेष सम्वन्ध रहिआएको छ । र त यतिबेला जनस्तरबाट पनि आवाज बुलन्द भएको छ कि दोषी जोकोही होस् सवैलाई हदैसम्मको कारवाही गरिनुपर्छ, जेल सजायँ हुनुपर्छ, सम्पूर्ण सेवा–सुविधा खोसिनुपर्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट