Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

महरा गिरफ्तारीमा नारायणकाजीको हात ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महारालाई गिरफ्तार गर्न पार्टीकै अर्का नेता नारायणकाजी श्रेष्ठको हात रहेको चर्चा माओवादीबृत्तमा चुलिएको छ ।

२०४६ सालअघि काठमाडौंको सिद्धार्थ बनस्थलीमा आफूले पढाएका विद्यार्थी हालका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई दुरुपयोग गरी श्रेष्ठले महारालाई पक्राएको माओवादी उपमहासचिव वर्षमान पुनको सचिवालयले खुलेआम बताउँदै हिडेको छ ।

भेपमा सुन तस्करी गरेको अभियोगमा सिआईबी टोलीले महरालाई असोज २६ गते पक्राउ गरेको हो । एआईजी केसी भने असोज ६ गते सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा करिब ८ करोड ५५ लाख २८ हजार बराबरको झण्डै करिब ९ किलो सुन विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरालाई जोडिएको छ ।

महराका छोरा राहुल पनि सोही प्रकरणमा हालै जेलबाट छुटेका छन् । तर, महराको टुंगिसकेको मुद्दा पुनः बल्झाइएको हो । जवकि यसअघि नै उनलाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो  ।

तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेको हो । डेढ वर्षपछि सुन तस्करीको अनुसन्धान ब्युँताउँदै सीआईबीले पूर्वसभामुख महरालाई पुनः पक्राउ गरेको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट