Techie IT
Samayabaddha
आईतबार, १८ माघ, २०८२

राष्ट्रियसभाका तीन सदस्यद्वारा राजीनामा


काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले जानकारी दिए।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र एमाले नेतृ न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट