राष्ट्रिय सभामा कांग्रेस–एमाले–जसपा गठबन्धनको क्लिन स्वीप, १८ सांसद निर्वाचित
काठमाडौं । सातै प्रदेशमा आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा/लोसपा गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये १८ पदका लागि निर्वाचन भएको हो।
निर्वाचनमा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको थियो भने नेकपा (माओवादी केन्द्र) एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो। परिणामअनुसार गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार विजयी भएका छन्। निर्वाचनमा कुल ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
कोशीमा पोर्तेल र मेचे निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा ९एमाले० गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
दलित समूहअन्तर्गत एमालेका सोमनाथ पोर्तेल सात हजार ४२३ मतसहित निर्वाचित भए। पोर्तेलले प्रदेशसभातर्फ ६८ र स्थानीय तहतर्फ २०१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ गरी कुल दुई हजार ३७ मत प्राप्त गरे।
यसैगरी, महिलातर्फ गठबन्धनकै रोशनी मेचे सात हजार १७३ मतसहित निर्वाचित भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी नेता नमिता न्यौपानेले दुई हजार २६८ मत प्राप्त गरिन्।
कोशी प्रदेशसभा अन्तर्गत ८७ सांसदले मतदान गरेकोमा महिलातर्फ एमालेमा ६४ र नेकपामा २२ मत परेको थियो। स्थानीय तहतर्फ एमालेमा १९९ र नेकपामा ५८ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। थियो।
यसैबीच अन्य समूहतर्फ नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भइसेका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठबन्धन भएको थियो।
मधेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
खुलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् जसपा नेपालका संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा ९एमाले० का रेखा झा, दलिततर्फ नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्ग भएका व्यक्तिरअल्पसंख्यक समुहतर्फ नेपाली कांग्रेसका रंजित कर्ण विजयी भएका छन् ।
खुलातर्फ लोसपा नेपालका ठाकुर सात हजार ७२५ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पाटीं ९नेकपा० का लक्ष्मण पौडेलले एक हजार ८०५ मतभार प्राप्त गरेका छन् ।
त्यसैगरी, महिलातर्फ एमालेका झा सात हजार २२२ मतभार प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपाका सम्मी अग्रवालले एक हजार ९४४ मतभार प्राप्त गरे ।
दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतभार प्राप्त गरी विजयी हुनु भएको छ । उनको निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मतभार प्राप्त गरे । अपाङ्गता भएका व्यक्ति÷अल्पसंख्यक समुहतर्फ कांग्रेसका कर्णले आठ हजार ९३ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मतभार प्राप्त गरे ।
मधेश प्रदेश सभाका एक सय प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ जना गरी जम्मा ३६४ जना मतदाता रहेकोमा एक जना प्रदेशसभा सदस्य र २२ जना विभिन्न पलिकाका प्रमुख, उपप्रमुख गरी जम्मा २३ जना मतदाता अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बागमतीमा देवकोटा र दङ्गाल निर्वाचित
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा ९एमाले० गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौँडामा आइतबार भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन।
निर्वाचनमा दुई सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का उम्मेदवारसहित छ जनाबीच प्रतिस्पर्धा भएको थियो। महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभा र स्थानीय तहबाट गरी कुल छ हजार २३९ मतभारसहित निर्वाचित भएका हुन्। अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभा र स्थानीय तहबाट गरी मतभार छ हजार २०५ प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार प्राप्त गर्दा नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गरे। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरेका थिए।
बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदानमा सहभागी हुनुभएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहेको छ। तर बागमती प्रदेश सभामा ११० जना प्रदेश सभा सदस्य रहेकोमा छ जना प्रदेश सभा सदस्यले राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ।
लुम्बिनीबाट झाँक्री, केसी र घिमिरे विजयी
लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्गरअल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी भएका हुन्।
महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भएकी हुन् । झाँक्रीकी प्रतिद्वन्द्वी नेकपाकी दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत प्राप्त गरिन्। जनमोर्चाका पद्मा पण्डितले १५२ मत प्राप्त गरिन्।
अन्यतर्फ कांग्रेसका केसीले पाँच हजार ९७७ मतभारसहित विजयी भए भने उनको प्रतिद्वन्द्वी नेकपाका वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे। जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए
यसैगरी, अपाङ्गरअल्पसङ्ख्यकतर्फ काँग्रेसका बासुदेव घिमिरेले पाँच हजार ३२३ मतभार विजयी भए भने नेकपाका सर्जन विक ले एक हजार ६०१ मतभार पाए ।
गण्डकीमा देवकोटा र तिमिल्सिना विजयी
गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा ९एमाले० की उम्मेदवार सम्झना देवकोटा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना पाँच हजार ३३ मतभारसहित विजयी बने।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामाले नौ सय ४१ मतभार पाए। राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले ७६ मतभार पाए। तिमिल्सिनाले प्रदेशसभातर्फ ४८ र स्थानीय तहतर्फ एक सय ३१ मत प्राप्त गरे।
राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेस गठबन्धनको संयुक्त उम्मेदवारी रहेको थियो। एमालेकी उम्मेदवार देवकोटा महिला समूहबाट विजयी बनेका हुन्।
देवकोटाले पाँच हजार १४ मत पाउँदा उहाँकी प्रतिस्पर्धी गोमा लुइटेल घिमिरेले नौ सय ४१ मत पाए। राष्ट्रिय जनमोर्चाबाट सोही पदकी उम्मेदवार लक्ष्मी बास्कोटाले ७६ मत प्राप्त गरेका छन्।
देवकोटाले प्रदेश सभातर्फ ४८ मत र स्थानीय तहतर्फ एक सय ३० मत प्राप्त गरे। अन्य समूहमा दुई प्रदेशसभा सदस्य र एक पालिकाका प्रतिनिधि र महिलामा दुई जना प्रदेश सांसद र दुई स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ।
गण्डकी प्रदेशमा दुई सय २३ जना मतदानमा सहभागी भए। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हालेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ।
कर्णालीमा शाही र रखाल निर्वाचित
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल विजयी भएका छन्।
आइतबार बिहान भएको मतदानमा शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ एक सय मत प्राप्त गरी बिजयी भएका हुन्। रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरे।
उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अन्जु महतराले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत तथा बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार मतदानमा प्रदेशसभातर्फ ४० मध्ये ३९ मत र स्थानीय तहतर्फ १५८ मध्ये १५२ मत खसेको छ। प्रदेशसभातर्फ एक मत खसेन भने स्थानीय तहतर्फ ६ मत बदर भएको छ।
कर्णालीमा एक महिला र एक अन्य गरी दुई पदका लागि चार जनाको उम्मेदवारी परेको थियो। राष्ट्रिय सभामा निर्वाचित जुम्लाका शाही नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति हुनुहुन्छ भने दैलेखका रखाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।
सुदूरपश्चिममा भण्डारी र खाती निर्वाचित
सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले)का लीला भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई पराजित गरी उनीहरु राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्। महिलातर्फ एमालेका भण्डारीले तीन हजार ९८४ मतभार प्राप्त गरे। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका रोजी बस्नेत सुनारले एक हजार ६७६ मतभार प्राप्त गरे।
यसैगरी, अन्यतर्फ कांग्रेसका खातीले तीन हजार ९६९ मतभार प्राप्त गरी जित हात पारे। उनको प्रतिद्वन्द्वी टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे। प्रदेश सभाका ५१ र स्थानीय तहका १७३ गरी कुल २२४ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा २२० मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
एक प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष बराबर १९ मतभार रहेको छ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया