निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरीमा तीन उम्मेदवार र तीन सरकारी निकायसँग स्पष्टीकरण
काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत ९सिके राउत० र काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गरेका पत्रमा उल्लेख छ ।
यस्तै, राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टे«लियामा रहेका नेपालीलाई स्वयम्सेवक आवेदन फारम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नाका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो ।
यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आतारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया