Techie IT
Samayabaddha
बुधबार, २५ चैत्र, २०८२

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता, कुन क्षेत्रमा कति ?


काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।

कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।

देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमै कति मतदाता छन् भनेर निर्वाचन आयोगले विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार रामेछापममा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ जना मतदाता छन् । त्यस्तै सबैभन्दा कम मनाङमा ७ हजार मतदाता छन् । धेरै मतदाता भएको रामेछाप र कम मतदाता भएको मनाङ दुवै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता

https://drive.google.com/file/d/1aWKwTj_fM_37pV70lVV9c3iWKG4bwOTS/view?usp=sharing


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट