Techie IT
Samayabaddha
बिहीबार, २२ माघ, २०८२

झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड


काठमाडौं । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बुधबार मध्यराति झ्याल तोडफोड भएको जनाइएको छ । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ ।

चुनावलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट