‘बस्ने मुढा’मा जनलहर देखेपछि झुटो बोलेर फर्किए प्रचण्ड
सिन्धुली। नेपाली कम्युनिष्ट पार्टी केन्द्र नेतृत्वले जिल्ला पार्टीको सिफारिस लत्याएर आफैं सिन्धुली-२ को उम्मेद्बारी तय गरिदिएपछि, बिधि-पद्धतिको पक्षमा त्याहाँभित्र भएको विद्रोहले पेचिलो प्रभाव पैदा गरेको महसुस गरिएको छ। २१ फागुनको निर्वाचनको मिति नजिकिदै गर्दा महेश्वर दाहालको चुनाव चिन्ह ‘बस्ने मुढा’ प्रति जनआकर्षण बढ्दो देखिएको छ।
यहीबीच हेलिकप्टर चढेर शनिबार कमलामाईको एक पार्टी प्यालेसमा आयोजित राजन दाहाल पक्षको भेलामा आएका नेकपा संयोजक प्रचण्डले हरिबोल गजुरेलले चुनाव लड्न नमानेपछि राजनलाई टिकट दिईएको झुटो तर्क गरेका छन्।
महेश्वर भने आन्तरिक भेला तथा घरदैलो अभियानकै चरणमा छन्। सिन्धुली-२ अन्तर्गका पालिका तथा वडा तहका आन्तरिक भेला एवम् घरदैलो अभियानमा किसान, बुद्धिजीवी, नेकपासम्बद्धहरू, समर्थकहरू, अन्य पार्टीका व्यक्ति र आम मतदाताहरूले वास्तविक जनप्रतिनिधि छान्ने मौकाका रूपमा उनलाई सघाइरहेको देखिएको छ।
त्यसो त स्थानीय उमेदवार भएर मात्र होइन, जनयुद्ध र जनआन्दोलनका एक कर्मठ व्यक्तित्व, मोलाहिज्जारहित सादगी जीवनका पर्याय, सुशासन एवम् जननीतिका पक्षमा पार्टीमा, समाजमा सम्झौताहीन संघर्ष र जनपक्षीय वरिष्ठ पत्रकारको राष्ट्रिय पहिचानले महेश्वरलाई सिन्धुली-२ मा ‘हेभिवेट’ उमेदवारका रूपमा स्थापित गरेको देखिएको छ।
पार्टीका वरिष्ठ नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज वसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जनसहितका बहुमत नेता र पालिका तहका प्रभावशाली नेताकार्यकताहरू महेश्वरको पक्षमा खुलेर लागेको देखिएको छ। अन्य पार्टीका नेताकार्यकर्ता र समर्थकसमेत उनको अभियानमा देखिन थालेका छन्।
अरुले जसरी आफुले जितेमा ‘यो गर्दिन्छु र उ गर्दिन्छु’ भन्दै विकासे चमत्कारको सस्तो नारा महेश्वरले दिएका छैनन्, बरु एक जिम्मेवार जनप्रतिनिधि भएर जनताको हक अधिकारको पक्षमा सँगसँगै आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक न्याय र समृद्धिका आधारभूत प्राथमिकताहरू तय गर्दै राज्यस्रोतको सामुदायिकरणमा आफु संधै डटिरहने प्रण उनले गरेका छन्।
त्यसैले उनको प्रचारशैली भड्किलो र खर्चिलो देखिएको छैन। चुनाव खर्चका लागि हजारे अभियान सुरु गर्दै उनले स्वैच्छिक चन्दा मात्र स्वीकार गरेका छन्।
सुनकोसी-५ का स्थायी बासिन्दा महेश्वरलाई टुरिष्टु उमेदवार सावित गर्न खोज्ने, उनका समर्थक वरिष्ठ नेता हरिबोललाई घण्टीबाट उठेका आफ्ना भतिजलाई जिताउन खोजेको आरोप लगाउने, एमाले उमेदवारसँग भित्री सांठगांठ भएको अतिरन्जना गर्ने र महेश्वर पक्षमा खडा भएका नेताकार्यकर्तालाई कुनै न कुनै आरोप लगाएर बदनाम गर्न खोज्ने एकखाले प्रवृत्ति झनपछि झन हावी भएको छ। तर समुदायको अभुतपूर्व समर्थनले यस्ता आरोपलाई खल्लो बनाएको छ।
सिन्धुली-२ मा पर्ने हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १–८ र १०–१२ वडाका सबै मतदाताहरूको प्राम्भिक साथसमर्थन देख्दा अरु उमेदवार कमजोर परिसकेको र आफु अनुमोदित हुने विश्वास महेश्वरले व्यक्त गरेका छन्।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया