Techie IT
Samayabaddha
बिहीबार, ७ फागुन, २०८२

१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा


काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ ।

कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।

नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको जनाइएको छ । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा गरेका हुन् ।

व्यक्तिगत आयकरको सीमा सबैभन्दा धेरै रहेको देशमा नेपाल पर्छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा गरिएको हो ।

संस्थागत सीमा २० प्रतिशतमा झार्ने र अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर ९भ्याट० मा समाहित गर्ने योजना रहेको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट