चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको हो ।
निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको हो ।
बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया