दार्चुलाको दुई मतदान केन्द्रमा आएनन् मतदाता
काठमाडौं । दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् । मतदान सुरु भइसकेको करिब तीन घन्टा बितिसक्दा पनि उक्त क्षेत्रहरुमा मतदान गर्न मतदाता नआएका हुन् ।
दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाता नआएको जनाइएको छ ।
स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुन्नमा आए पनि एकिन कारण थाहा नभएको जनाइएको छ । गौरीशंकर माविमा ६०२ मतदाता छन् भने झुक्सुमा ३४६ जना मतदाता छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया