Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

बिहान १० बजेसम्ममा खस्यो ६ प्रतिशत मत


काठमाडौं । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहान १० बजेसम्म ६ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले मतदान सुरु भएको तीन घण्टामा १० लाख ६५ हजार १२० मतदान भएको जनाएको हो।

निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट