ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा मतदान बहिष्कार, कर्मचारीले मात्रै खसाले ४ भोट
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदानमा स्थानीयको एक मत पनि नखसेको हो।
स्थानीयले मतदान नगरेपछि निर्वाचनमा खटिएका कर्मचारीले मात्रै मतदान गरेका थिए। कुल ४ जना कर्मचारीले मतदान गरेपछि मतपेटिका सिलबन्दी गरिएको जनाइएको छ।
स्थानीय बासिन्दाले वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि आफ्नो जग्गा दान गरेका थिए। तर हालसम्म अस्पताल निर्माण प्रक्रिया अघि नबढेको भन्दै उनीहरू असन्तुष्ट छन्।
अस्पताल निर्माण गरिनुपर्ने वा दान गरिएको जग्गा फिर्ता दिनुपर्ने माग गर्दै स्थानीयले विरोधस्वरूप मतदान बहिष्कार गरेका हुन्।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया