झापा–५ र २ मा रास्वपा अगाडि
झापा । झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ३०३ मत गणना हुँदा शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् ।
यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा छन्। उनले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : राजनीति
















प्रतिक्रिया