ललितपुर १ मा कांग्रेसको अग्रता, रास्वपा र एमालेको कति ?
काठमाडौं । ललितपुर जिल्ला क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
बागमती गाउँपालिका-१, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदासम्म कांग्रेसले २ हजार ४२३ मत प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार १८३ मत पाएको छ भने नेकपा (एमाले)ले १ हजार ८१ मत प्राप्त गरेको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टीले २३७ मत प्राप्त गरेको छ ।
हाल अन्य वडाको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतले जनाएका छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया