Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन विजयी


काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । सो क्षेत्रबाट योगेश गौचनका उम्मेदवार योगेश गौचन उम्मेदवार विजयी भएका हुन् ।

उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३ सय ७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।

मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन्


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट