झापा–५ मा बालेनको अग्रता कायमै, ओली दोस्रो स्थानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ५ हजार २ सय ५४ पुगेको छ ।उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् ।
यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउँदा जनमतका अमृतलाल महतोले १४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त सम्पाङ (राई) ले १० मत पाएका छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया