Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

सिन्धुली-१ को मतगणना सुरु


काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार छन् ।

यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए । सिन्धुली–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र मकवानपुर–२ को सोही भवनको दोस्रो तलामा ३/३ स्थानबाट मतगणना गरिनेछ ।

सिन्धुली–१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने छ भने त्यसपछि क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नम्बर ९, १३ र १४ को मतगणना गरिने छ ।

त्यसैगरी, सिन्धुली–२ को मतगणना सुनेकासी गाउँपालिकाबाट सुरु गरिने र क्रमशः घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिने छ ।

सिन्धुलीमा बिहीबार सम्पन्न मतदानमा ५३.५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट