Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

इलाम-२ मा एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा


काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ । जसमा नेकपा एमालेको सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुरुवाती मतगणनामा नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सुहाङले ४ सय ९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४ सय ४३ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट