Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

ललितपुर–१ मा कांग्रेसको अग्रता कायमै


पाटन । ललितपुर क्षेत्र नं १ को बागमती र महाँकाल गाउँपालिकाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा ललितपुर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा २ः३० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राणाले पाँच हजार चार मत प्राप्त गरी अग्रता लिएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले तीन हजार २४३ मत प्राप्त गरेका छन् । त्यस्तै दुई हजार ९२० मत प्राप्त गरी नेकपा ९एमाले०का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थानमा छन्।

अहिले कोञ्ज्योसोम गाउँपालिकाको मतगणना भइरहेको क्षेत्र नं १ को निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार इशा सुवेदीले जानकारी दिए । यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना प्रत्यासी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट