Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

सुनसरी १ को : हर्क साम्पाङभन्दा रास्वपा अगाडि


काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।

श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । जसमा रास्वपाका गोमा तामाङले १४२ मत पाएकी छन् । साम्पाङले भने ४९ मत पाएका छन् । तेस्रो मत भने नेपाली कांग्रेसका सुजेन्द्र गोलेले पाएका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले १२मत पाएका छन् । एमालेका टिका मांगलेन लिम्बुले ८ र राप्रपाका उद्धव श्रेष्ठले ३४ मत पाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट