Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

झापा ५ मा बालेन ओलीभन्दा १० हजार बढी मतले अगाडि


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनाअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘गढ’ मानिने यो क्षेत्रमा बालेनले ओलीलाई निकै ठूलो अन्तरले पछि पारेका हुन् ।

जसमा २० हजार ४ सय ४४ मत गणना हुँदा रास्वपाका बालेन्द्र शाहले १३ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा ३ हजार ११ मत पाएका छन् ।

अहिले बालेन र ओलीबीचको मतान्तर १०,६४३ पुगेको छ । त्यस्तै, नेपाली कांग्रेसको उम्मेदवारले ४०३ र तारा चिन्हका उम्मेदवारले ३७० मत प्राप्त गरेका छन् ।

प्रारम्भिक मतपरिणामबाटै बालेनले भारी अग्रता लिएपछि यो क्षेत्रमा चुनावी नतिजा उल्टिने र एमालेको बलियो पकड भत्किने सम्भावना देखिएको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट