प्रतिनिधिसभा निर्वाचनः १६० क्षेत्रमा मतगणना जारी, हालसम्म कहाँ-कसले जिते ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् ।
रास्वपाबाट
मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी
मोरङ ६ मा रुविना आचार्य
धनुषा ३ मा मनिषा झा
काठमाडौं १ मा रन्जु न्यौपाने
काठमाडौं ३ मा राजुनाथ पाण्डे
काठमाडौं ४ मा पुकार बम
काठमाडौं ५ मा सस्मित पोखरेल
काठमाडौं ७ मा गणेश पराजुली
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ
काठमाडौं ९ मा डोलप्रसाद अर्याल
काठमाडौं १० मा प्रदीप विष्ट
कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल
कास्की ३ मा बिना गुरुङ
रुपन्देही ४ बाट कन्हैया बानियाँ
बाँके १ मा सुरेशकुमार चौधरी
विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।
नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ ।
मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ
मुस्ताङ १ मा योगेश गौचन थकाली
दैलेख १ मा बासना थापा
विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसकेका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया