Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७ सय ९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट