Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

नेपाली कांग्रेस लाई चार क्षेत्रमा जित


 काठमाडौं । बिहीबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार, नेपाली कांग्रेसले चार ठाउँमा जित निकालेको छ ।

मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी कांग्रेसले ४ निर्वाचन क्षेत्रमा जित निकालेको हो ।

मुस्ताङ–१ बट योगेश गौचन थकालीले जित निकालेका छन् । उनले कांग्रेसका लागि पहिलो जित दिलाएका थिए ।

त्यस्तै, मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकालेका छन् । त्यसैगरी रसुवा–१ मा मोहान आचार्यले र दैलेख–१ मा बासना थापाले कांग्रेशका लागि जित निकालेका छन् ।

उनीहरूमध्ये सबैभन्दा बढी बासनाले मत ल्याएकी छिन् । उनले कुल १२ हजार ३७२ मत ल्याइन् ।

अहिलेसम्म कांग्रेस ९ क्षेत्रमा अग्रता लिएको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट