भक्तपुर-१ मा नेमकिपाको गढ भत्कियो, रास्वपाका रूकेश रन्जित विजयी
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।
त्यस्तै नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २ सय ८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया