झापा–५ : बालेन ओलीभन्दा २९ हजार भोटले अगाडि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन् ।
शनिबार बिहानसम्म ६२ हजार १०० मत गणना हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार बालेनले ३९ हजार २ सय ८४ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् । बालेनले ओलीसँगको मतान्तर २८ हजार ९ सय ९१ पुर्याएका छन् ।
यसैगरी समिर तामाङ (माटो)– ६ हजार ३२४, मन्धरा चिमोरिया (रुख)– १ हजार ९६ र रञ्जित तामाङ (तारा) – ९४१ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा १ लाख ६ हजार बढी मत खसेको छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया