झापा–३ मा रास्वपाका पाठक विजयी, राजेन्द्र लिङ्देन पराजित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत प्राप्त गर्दा नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत पाएका छन् ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया