Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

चुनावी मैदानमा दुई पूर्वप्रधानमन्त्रीको लज्जास्पद हार


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई पूर्वप्रधानमन्त्रीले चुनावी मैदानमा अप्रत्याशित हार व्यहोरेका छन्। झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पराजित भएका हुन्।

झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरसहित निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका छन्। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै रौतहट–१ मा रास्वपाका उम्मेदवार राजेश चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अजय गुप्ता ले १० हजार ६९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिलकुमार झा ८ हजार ५७४ मतसहित तेस्रो स्थानमा रहे भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ७ हजार ६६९ मतसहित चौथो स्थानमा सीमित भएका छन्।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट