Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

उदयपुरका १ मा रास्वपाका पारशमणि गेलालको सानदार जित


काठमाडौं । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पारशमणि गेलाल निर्वाचित भएका छन् ।गेलालले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै सानदार जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार विजयी गेलालले ३० हजार ५९० मत प्राप्त गरे । उनले श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गरे । दोस्रो स्थानमा रहेका राईले ११ हजार ६०६ मत प्राप्त गरेका छन् ।

त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत र नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत पाए ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट